नाराबाजीकाबीच नेविसंघको निर्वाचन प्रक्रिया सुरु, पौडेल पक्षले चुनाव बहिष्कार गर्ने चेतावनी

काठमाडौँ । नेविसंघको जारी महाधिवेसनमा प्रतिनिधि विवाद कायमै रहे पनि निर्वाचन प्रकृया पूर्ववत तालिकाअनुसार नै अघि बढाइएको छ ।
आज बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिए पनि त्यसलाई बढाएर १ बजेसम्म पुर्याइएको छ । निर्वाचन समितिले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको विरोधका बाबजुद निर्वाचन उम्मेदवारी दर्ता सुरु गरेको छ ।
पौडेल पक्षका विद्यार्थी नेताको अगुवाईमा पार्टी कार्यालय बाहिर नाराबाजी भइरहेको छ भने भित्र उम्मेदवारी दर्ताका लागि मनोनयनपत्र वितरण भइरहेको छ ।
पौडेल निवास बोहराटारमा कसरी अगाडि जाने भन्ने छलफल गर्न पौडेल पक्षका नेताहरु भेला भएका छन् । देउवा पक्षले एकलौटी गरे चुनाव नै बहिष्कार गर्ने तयारी सो पक्षले गरेको छ । उता शेरबहादुर देउवा पक्ष भने सभापतिमा साझा उम्मेदवार खडा गर्नका लागि कसरतमा लागेको छ ।
साउन ३१ गते ।