प्रचण्डको म्यादी सरकारले जनताको हितमा काम गर्न सक्दैन : भट्टराई

bhattrai
तनहुँ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा। बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले जनताको हितमा प्रभावकारी काम गर्न नसक्ने दावी गर्नुभएको छ ।
नेपाल मिडिया सोसाइटीले दमौलीमा आज गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले राजनीतिक स्थिरता कायम नहुँदासम्म नेतृत्वमा जोसुकै आए पनि फरक नपर्ने बताउनुभयो। उहाँले मुलुकको विकासका लागि राजनीति स्थिरता आवश्यक रहेकोमा जोड दिनुभयो।

‘मैले प्रचण्ड जीलाई शुभकामना दिएको त छु,’ उहाँले भन्नुभयो,‘तर म्याद तोकेर बनेको सरकारले केही उल्लेख्य काम गर्न सक्दा जस्तो मलाई लाग्दैन।’ एकै पटक धेरै कुरा गरेर नहुने भन्दै विगतमा आफुले शुरु गरेको युवा स्वरोजगार कार्यक्रम अघि बढ्न सकेको भए धेरै युवा स्वरोजगार उत्पादन हुने उहाँको भनाइ थियो । । उनले राष्ट्रिय गौरवका आयोजना समेत अघि बढ्न नसकेको भन्दै प्रत्येक क्षेत्रमा एक जलाशययुक्त विद्युत आयोजना बनाउनु जरुरी रहेको उल्लेख गर्नुभयो ।
इन।’
नेपालले दुई छिमेकी मुलुक भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम राख्नु पर्ने बताउँदै उहाँले दुई छिमेकीसँग सन्तुलित सम्बन्ध भएमात्र नेपाल अघि बढ्न सक्छ। दुई देशबीचको पुलमात्र बने नेपालको प्रगति हुन्छ।’भन्नुभयो ।

साउन ३१ गते ।