५० हजार घरधुरीले पहिलो किस्ता पाए
काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणका क्रममा साउन ३१ सम्म ३ लाख ३९ हजार ४६२ घरधनीसँग अनुदान सम्झौता सम्पन्न भएको छ । सो सम्भाmैता अनुसार ४९ हजार ७४९ घरधनीको बैंक खातामा पहिलो किस्ताको रकम पुगिसकेको पुनर्निर्माण प्राकिरणले जनाएको छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि साउन २८ गतेदेखि अनुदान सहयोग रकमको निकासा सुरु भएको हो ।
भूकम्प अति प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा अनुदान सम्झौताको क्रम धेरै अघि बढेको छ । गाउँ विकास समितिमा अनुदान सम्झौता भएपछि त्यसको विवरण जिल्ला विकास समितिमा पुग्ने र त्यहाँबाट कोष तथा लेखा नियन्त्रकको कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी बैंक खातामा रकम जम्मा हुने क्रम जारी रहेको प्राधिरकणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनुभयो ।
साउन ३१ गते ।