‘ओभरलोड’का कारण काभ्रेमा बस दुर्घटना, मृतकमध्ये २६ को सनाखत

maitrinews

काभ्रे । काठमाडौँबाट काभ्रेको कात्तिके देउरालीतर्फ जाँदै गरेको बा२ख १०६ नं को कोसीपारि यातायातको यात्रुबाहक बस काभ्रेको बिर्तादेउरालीमा दुर्घटना भएको छ । सो दुर्घटनामा २५ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।

“जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार दुर्घटनास्थलबाट हालसम्म १५ जनाको शव निकालिएको छ । दुर्घटनास्थल अत्यन्त अप्ठ्यारो भिरमा भएकाले उद्धारमा निकै कठिनाइ भइरहेको छ ।”

काठमाडौंबाट कोशीपारी जाँदै गरेको बा ३ ख १०६ नम्बरको बस उकालोबाटोमा ब्याक भएर सडकबाट तल भीरमा खसेको हो ।

स्थानीय र प्रहरी उद्धार कार्यमा सक्रिय छन् । घाइतेहरु अधिकांशको अवस्था गम्भीर छ ।

घाइतेलार्इ थप उपचारका लागि काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकप्टर मगाइएको काभ्रेका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले जानकारी दिनुभयो । । गम्भीर घाइतेलार्इ
घाइतेहरूलार्इ अस्पताल लैजान ५ वटा एम्बुलेन्स घटनास्थलमा पुगेका छन् ।

घटना दिउँसो १ बजे भए पनि झण्डै एक घण्टापछि मात्रै प्रहरी टोली आइपुगेको थियो । प्रहरी निरीक्षक नरेश महतो नेतृत्वको टोली घटनास्थलमा उद्धारमा खटिएको छ ।