विदेशी शक्तिको इशारामा बनेको प्रचण्ड सरकारले देश र जनताको हितमा काम गर्न सक्दैन: वैद्य, पुनः युद्धमा फर्कने चेतावनी

Mohan-

विराटनगर । नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन बैद्य किरणले फेरि युद्धमा फर्कने धम्की दिनुभएको छ ।
विराटनगर विमानस्थलमा आज संचारकर्मीसँगको कुराकानीमा वैद्यले देश र जनताको पक्षमा काम गर्ने सरकार निर्माणका लागि दवाव सिर्जना गर्ने त्यस्तो नभए पुनः युद्धमा जाने चेतावनी दिनुभयो ।

सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुने आउने क्रममा विराटनगर आउनुभएका उहाँले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले राष्ट्रिय हितमा काम गर्न नसक्ने टिप्पणी गर्नुभयो । विदेशी शक्तिको इसारामा अहिलेको सरकार बनेकाले देश र जनताको पक्षमा यसले काम गर्न नसक्ने दावी गर्नुभयो ।
वैद्यले भन्नुभयो, ‘कुनै सरकार परिवर्तनका लागि विदेशी शक्तिको हात रहन्छ भने यस्ता सरकारले राष्ट्र र जनताको पक्षमा काम गर्न सक्दैन अहिलेको गठवन्धन सरकारको अवस्था पनि उही हो यो सरकार वाट गुणात्मक कामको अपेक्षा गर्न सकिँदैन ।’
हिजोमात्र प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटर ज्ञापनपत्र बुझाउनुभएका बैद्यले देश र जनताको पक्षमा काम गर्न सुझाव दिनुभएको थियो ।

भदौ १ गते ।