प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते भारत जानुहुने

prachand3

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही भदौ ३० गतेदेखि भारतको तीनदिने भ्रमण गर्नुहुने भएको छ । भरतको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री विमलेन्द्र निधिको भारत भ्रमणको क्रममा नेपाली र भारतीय अधिकारीहरुबीच प्रधानमन्त्री दाहालले भदौ ३० र ३१ गते उच्चस्तरिय भेटाघाट गरेर असोज १ गते फर्कने गरी भ्रमण तय भएको हो । निधिले हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटवार्ता गर्नुभएको थियो । त्यही क्रममा उहाँले प्रधानमन्त्री दाहालले लेखेको पत्र मोदीलाई हस्तान्तरण गर्नुभएको थियो ।

भारतीय विदेश मन्त्रालयका अधिकारीहरुका अनुसार प्रधानमन्त्री दाहालले आफ्नो नौ महिनो कार्यकालमा कुटनीतिक र राजनीतिक भन्दापनि विकास निर्माण कार्य अघि बढाउन चाहेकाले त्यसमा सहयोगको अपेक्षा राखेका छन् । प्रधानमन्त्री दाहालको यही इच्छा अनुसार भ्रमणका क्रममा केही ठूलो परियोजनामा सहयोगको सम्झौता हुने अपेक्षा गरिएको छ ।

भदौ ५ गते ।