समाजसेवामा समर्पित हुँदै युविका श्रेष्ठ

2 (2)
हामीले देखिरहेका छौँ अचेल मानिसहरु पार्टी, क्लव र घुमघाममा व्यस्त हुन्छन् । तर युविका श्रेष्ठलाई चाहिँ शनिबार आयो कि कुनै न कुनै अनाथ आश्रम मा जान हतार हुन्छ हरेक जसो शनिबार उनी विभिन्न आश्रम गएर बालिबालिकासँग खेलेर उनीहरुलाई केहि दिएर बिताउने गर्छिन्
उनी भन्छिन् , केहि गर्नु छ त यी बालबालिकाको भविष्यका लागि गर्नुछ उनीहरुको पढाइका लागि गर्नुछ ।
हालै उनीले उनको नयाँ क्याम्पेन सटरडे क्याम्पेन भन्ने सुरु गरेकी छिन् । यस क्याम्पेनमा उनि बालबालिकालाई चाहिने अत्यावश्यक सामग्री कपि पेन्सिल जस्ता स्टेसनरी सामग्री बाँड्छिन् अनि साथै त्यो दिन उनीहरुलाई नचाहिन कागजको सामग्री जस्तो पत्रिका चकटी, ओरिगामीहरु बनाउन सिकाउँछिन् ।

8 (1)
अनि त्यसपछि बालबालिकालाई इन्टरटेन गर्न कोही सेलिबे्रटी जस्तै गायक, कलाकार, जादुगर लिएर जाने गर्छिन् ।
भदौ ६ गते ।