पर्वतको मिसन अस्पताल अलपत्र

फलेवास । करिब दुई दशक अघिदेखि बन्द भएको पर्वत जिल्लाको मिसन अस्पताल अलपत्र अवस्थामा गुज्रिएको छ ।
विकट गाउँका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दक्षिण पर्वतको हुवासमा रहेको अस्पताल अझैसम्म सम्बन्धित निकायको बेवास्ताका कारण अलपत्र बनेको हो ।
तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका क्रममा असुरक्षाका कारण बन्द भएको मिसन अस्पताल सञ्चालनमा नआउंँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । विसं २०५० सालमा स्थापना गरिएको अस्पताल बन्द भएपछि गाउँंलेले उपचारमा सास्ती व्यहोर्नु परेको हो । उनीहरुले पटक पटक अस्पताल सञ्चालन गर्नका लागि आग्रह समेत गर्दै आएका छन् ।
पन्ध्र श्ययाको उक्त अस्पताल बन्द भएको दुई दशक बितिसक्न लाग्दा पनि सञ्चालनमा कसैले चासो नदिएको गाउँलेले बताए । स्थापना भएको सात वर्षसम्म अस्पताल सञ्चालनमा आएपनि माओवादी जनयुद्धसंँगै अस्पताल बन्द भएको हो ।
अस्पतालमा दुई अमेरिकी र चार नेपाली चिकित्सक कार्यरत थिए । तत्कालीन अवस्थामा अस्पतालबाट पर्वत, स्याङ्जा र गुल्मी जिल्लाका दुई दर्जनभन्दा बढी गाविसका एक लाख ५० हजार सर्वसाधारण लाभान्वित थिए । व्यक्तिको १५ रोपनी जग्गामा एडभान्टिस्ट फन्ट मिसन नामक अमेरिकी संस्थाले रु एक करोड लगानी गरेर निर्माण गरेको उक्त अस्पतालका भवन र फर्निचर अहिले बेवारिसे बनेका छन् ।
अस्पताल भवन र आवास गृहमा लगाइएका टायल फुटेपछि पानी चुहिन थालेको छ । समयमै मर्मत नगरे भवन भत्कने निश्चित रहेको उक्त अस्पतालका पूर्व रजिस्ट्रार गङ्गा न्यौपानेले बताउनुभयो । “द्वन्द्वकालमा माओवादीको डरले गर्दा अमेरिकी सरकारले आफ्ना सबै चिकित्सकलाई फिर्ता बोलायो” उहाँले भन्नुभयो– “अमेरिकी चिकित्सक फिर्ता गएपछि त अस्पताल नै बन्द भयो ।”
अस्पताल बन्द भएपनि सरकारले सञ्चालनमा चासो नदिँदा आफूहरु समस्यामा परेको स्थानीय समाजसेवी लालबहादुर प्रधानले बताउनुभयो । पाल्पाको मिसन अस्पतालको अवधारणाअनुसार निर्माण भएको यो अस्पताल बन्द भएपछि सर्वसाधारण उपचारका लागि पोखरा, स्याङ्जा, बुटवल, पाल्पा, भैरहवा जान बाध्य छन्, प्रधानले भन्नुभयो ।
सबै किसिमका बिरामीको जा““च गर्ने गरिएकाले अस्पतालमा दैनिक ५० देखि १०० सम्म बिरामी उपचारका लागि आउने गर्थे ।
हुवास बजार जिल्लाको प्रमुख व्यापारिक नाका भएपनि उक्त स्थानमा सुविधा सम्पन्न स्वास्थ्यचौकी स्थापना भएको छैन । यहा““ उपस्वास्थ्य चौकी मात्र छ । “अस्पताल सञ्चालन गर्न सबैसँग आग्रह ग¥यौँ” स्थानिय मित्रलाल बस्यालले भन्नुभयो– “सञ्चालनमा कसैले चासो दिएनन् ।”
अस्पताललाई सरकारले सञ्चालनमा ल्याउन सके आफूहरुले महँंगो रकम तिरेर उपचार गर्न अन्यत्र जानुपर्ने समस्या हटेर जाने बस्यालले बताउनुभयो । “महँंगो रकम खर्च गरेर निर्माण गरिएका सबै भवन जीर्ण बनेर भत्किन लाग्दा समेत पुनःनिर्माण र सञ्चालनमा कसैको ध्यान पुगेन”, उहाँले भन्नुभयो– “गाउ“लेले के गर्ने भनी अन्योलमा परेका छौँ ।”
गाउ“लेले स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधिसँंग अस्पताल सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेपनि कसैले चासो नदिएको बताएका छन् । “रकम अभावले पटक पटक अस्पताल बन्द गर्दै सञ्चालन ग¥र्यौ” संस्थापक राजेन्द्र तिवारीले भन्नुभयो– “अहिले पनि बन्द अस्पताललाई सञ्चालन गर्न लागि परेपनि सहयोग नपाउंँदा समस्या भएको हो ।” उहाँका अनुसार राजनीतिक अस्थिरताका कारण पटकपटक बन्द हुँदै आएको उक्त अस्पताल २०५८ सालदेखि पूर्णरुपमा बन्द भएको हो ।
पछिल्लो समय हुवासमै इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा तथा सडक सुविधाको राम्रो पहुँच पुगेकाले सुविधा सम्पन्न अस्पतालको मात्रै कमी रहेको स्थानीयको माग रहेको छ ।