राष्ट्रपतिबाट ‘नवतन धाम’ को दर्शन

 

>L s[i0fhGdfi6dLsf cj;/df sfu]Zj/L dgx/f gu/kflnsfsf] uf]7f6f/df /x]sf] >L s[i0f k|0ffdL gjtgwfdsf] bz{g ug{ k'Ug'ePsf /fi6«klt ljBfb]jL e08f/L cf/tL u|x0f ug'{x'Fb} . tl:a/ M /Tg >]i7, /f;; .
काठमाडौँ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कागेश्वरी मनहरा नगरपालिका–११ स्थित ‘नवतन धाम’ दर्शन गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीलाई धामका पीठाधीश गाधिपति अमृतराजजी महाराज, सांसद रामेश्वर फुयाँल, श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका अध्यक्ष मदनकृष्ण श्रेष्ठ लगायत समितिका पदाधिकारी र स्थानीय बासिन्दाले धाम परिसरमा स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारी धामको श्रीकृष्ण मन्दिरको आरतीमा समेत सहभागी हुनुभयो । सो अवसरमा प्रस्तुत गरिएको डडिया नृत्यको राष्ट्रपतिले अवलोकन गर्नुभयो । श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज एक लाख भक्तजनले धाममा पूजाआजा एवम् दर्शन गरेको समितिले जनाएको छ ।

भदौ १० गते ।