पञ्चकन्या समूहद्वारा वृक्षरोपण

plantation
काठमाडौँ । पञ्चकन्या ग्रपले आफ्नो ४५औं पञ्चकन्या दिवश विभिन्न कार्यक्रम गरी मनाउने सिलसिलामा यही काठमाडौंको बल्खुमा एक वृक्षारोपण कार्यव्रmमको आयोजना गरेको थियो । बढ्दो वातावरण विनाशलाई थोरै मात्रामा भएपनि कम गर्न यस्ता प्रकारका वृक्षरोपणले सघाउ पुग्ने विश्वास लिइएको छ ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो कार्य ग्रुपको पहिलो प्राथमिकतामा परेको छ भने विभिन्न समयमा देशका अन्य स्थानमा गरिएका वृक्षारोपणका साथै ललितपुर उपमहानगरपालिका र काठमाडौं महानगरपालिकाको सहकार्यमा शहर हरियाली कायम गर्ने कार्य निरन्तर रुपमा भइरहेको पञ्चकन्या ग्रुपले जनाएको छ । उक्त कार्यक्रममा ग्रुपका सबै तहका कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।