राष्ट्रपतिबाट दुःख व्यक्त

maitrinews

 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणघाट– मुग्लिन सडकखण्डमा बस दुर्घटना भई त्रिशूली नदीमा खस्दा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
आज बिहान भएको सो दुर्घटना परी २१ जनाको अकालमा मृत्यु भएको थियो भने धेरैजना घाइते बन्न पुगेका थिए ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यद्वारा आज यहाँ जारी विज्ञप्तिमा राष्ट्रपति भण्डारीले सो घटनामा परी मृत्यु भएका शोक सन्तप्त परिवारप्रति भावपूर्ण समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ ।

विगत केही समयदेखि यस प्रकारका सडक दुर्घटनाको क्रम बढेकाले भविष्यमा यस्ता दुःखद घटना नदोहोरिनेतर्फ सरोकारवाला सबैको समयमै ध्यान पुग्ने विश्वाससमेत व्यक्त गरिएको विज्ञप्तिमा जनाइएको छ ।