चेम्वर कार्यसमितिमा श्रेष्ठ र ढकाल
काठमाडौँ । नेपाल चेम्वर अफ कमर्सले रणबहादुर श्रेष्ठ र नवराज ढकाललाई कार्य समिति सदस्यमा मनोनयन गरेको छ । कार्यसमिति सदस्य रणबहादुर श्रेष्ठ नेपाल सरकारका पूर्वसचिव र नवराज ढकाल पूर्व अतिरिक्त प्रहरी महानिरिक्षक हुनुहुन्छ । कार्यसमितिमा सदस्यद्वयको नियुक्तिले चेम्वरले प्रदान गर्दै आएको सेवा थप प्रभावकारी बन्ने चेम्वरको विश्वास रहेको छ ।