ओलीले भन्नुभयो– ‘प्रचण्डको भारत भ्रमण औचित्यहीन,देश नै मर्ज गर्ने मधेशवादी दलको प्रस्ताव अमान्य

maitrinews

oli1
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा कुनै पनि एजेण्डा नभएको भन्दै कडा आलोचना गर्नुभएको छ । उहाँले देश संमृद्ध बनाउने, विकासका योजनालाई सहयोग पुग्ने र अन्य कुनै पनि एजेण्डा नभएको भन्दै प्रचण्डको भारत भ्रमण औचित्यहीन भएको दाबी गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणकै दिन नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीले आयोजना गरेको विभिन्न पार्टीका नेता–कार्यकर्तालाई एमालेमा प्रवेश गराउने कार्यक्रममा उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले प्रचण्डको भारत भ्रमण सिँगडा खानका लागि मात्रै भएको भनी व्याङ्ग्य समेत गर्नुभयो । कांग्रेस–माओवादी गठबन्धनप्रति निकै आक्रमक देखिनु भएका ओलीले अरुको इच्छा पूरा गर्न एमाले नेतृत्वको सरकार ढालेको पनि आरोप लगाउनुभयो । कांग्रेस–माओवादीले देशको हितमा, राष्ट्रको पक्षमा काम गरिरहेको सरकारलाई अरुको इच्छाका लागि ढालिदिएको पनि आरोप लगाउनुभयो ।
ओलीले तथाकथित मधेसवादी दलहरुले देश नै मर्ज गर्ने खालका प्रस्ताव अघि सारेको भन्दै त्यस्ता माग एमालेलाई मान्य नहुने चेतावनी पनि दिनुभयो । ‘भारतबाट बिबाह गर्ने वित्तिकै सांसद मन्त्री बन्न त हामीले दिएकै छौ नि,’ ओलीले भने ‘अब त सिमानबाट यता पठाउने वित्तिकै राष्ट्रपति, सभामुख, उपराष्ट्रपति, प्रधान न्यायाधीश, प्रधान सेनापति बन्नु पर्ने भयो रे ? हेप्नुको पनि हद हुन्छ नि ?’

भदौ ३० गते ।