गभर्नर नेपालले नै भन्नुभयो– ‘खराव समाचार लेख्ने पत्रकारलाई हामीले नोटिस गरेका छौँ’

sejan
काठमाडौँ । अरुबेला निकै नरम रुपमा प्रस्तुत हुने नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल शुक्रबार भने निकै आक्रमकरुपमा प्रस्तुत हुनुभयो । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले राजधानीमा आयोजना गरेको वार्षिक साधारणसभामा उनले पत्रकारलाई राम्रा समाचार नलेख्ने हो भने पेशा नै छाड्न समेत चेतावनी पनि दिनुभयो । नेपालमा विषयबस्तुको ज्ञान नभएका र कम पढेलेखेकाले पत्रकारिता गरेको भन्दै उहाँले पत्रकारकै कार्यक्रममा गालीगलौज गर्दा अतिथिको मञ्चमा बसेका अर्थमन्त्री कृष्णबहादुर मानन्धरसमेत चकित हुनुभएको थियो । नेपालको पत्रकारिता नै बद्नाम भएको भन्दै असल समाचार लेख्न पत्रकारलाई पकट–पटक सुझाव दिनुभयो । उहाँले आफूलई पत्रकार साथीहरुले लेखेका समाचार पढेर लाज लागने गरेको समेत आक्रोस व्यक्त गर्नुभयो । उहाँले अति नित्कृष्ट भएर समाचार लेख्नु भन्दा पत्रकारिता नै छाडेर हिड्नु उचित हुने समेत तर्क समेत गर्नुभयो । उहाँले पत्रकारिता विश्वविद्यालयमा प्राध्यापन गर्नेको अध्ययन जस्तै भएको भन्दै आचारसहितको पालना नगर्नेलाई पत्रकारिता गर्ने छुट नहुने व्यवस्था लागू हुनु पर्ने प्रस्ताव अघि सार्नुभयो । उहाँले धम्की दिएर समाचार लेख्दा केही पाइन्छ भन्ने कसैले सोचेको भए त्यो गलत हुने पनि दाबी पनि गर्नुभयो । उहाँले धम्की दिएर समाचार लेख्दा केही नदिने बरु त्यस्तालाई ‘नोटिस’मा राख्ने चेतावनी पनि दिनुभयो ।
कार्यक्रममा अर्थमन्त्री महराले सबै मिलेर देशको विकास गर्नुपर्नेमा जोड दिनुभयो । राजनीति केही विग्रिएका भन्दै सबैले सुधार गरेर जानुपर्नेमा उहाँको जोड थियो ।
भदौ ३१ गते ।