लोकमानसिंह कार्कीको फाइल नपठाए कारबाही गर्ने सर्वोच्चको चेतावनी

supreme-court-nepal

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीको फाइल भूकम्पमा हराएको भनी पन्छिएको सरकारलाई सर्वोच्चले कडा आदेश दिएको छ । सर्वोच्चले कार्कीको फाइल सात दिनभित्र अदालतमा पेश नगरे कारबाही गर्ने चेतावनीसहितको आदेश दिएको हो । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की नियुक्तिको सवालमा यसअघि गरेको फैसलाको पुनरावलोकन गर्ने भएको छ ।
प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको संयुक्त इजलाशले यसअघिको फैसलाको पुनरावलोकन माग गरी अधिवक्ता ओमप्रकाश मिश्रले दर्ता गरेको निवेदनमा निस्सा हुने आदेश दिएको हो ।
यो आदेशसँगै यसअघि सर्वोच्च अदालतको संयुक्त इजलाशमा गोपालप्रसाद पराजुली र ओमप्रकाश मिश्रले अख्तियार प्रमुखको नियुक्तिलाई जायज ठहर्‍याइ रिट खारेज गर्ने फैसलाको न्यायिक पुनरावलोकन हुने भएको छ ।
निस्सा हुने आदेशसँगै सर्वोच्च अदालतले फाइल हराएको केशमा पनि गम्भीर चासो व्यक्त गरेको छ । अब पनि फाइल नपठाए कारबाही गर्ने चेतावनी दिएको छ ।
माग गरेको कागजातमा फाइल सम्बन्धित निकायबाट समयमा नै अदालतमा पठाउने कार्य नगरी फेला परेपछि पठाउने भनी गैरजिम्मेवारीपूर्वक जवाफ पठाएको देखियो, आदेमा भनिएको छ, ७ दिनभित्र कागजात नपठाए न्याय प्रशासन ऐन बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित निकायलाई पठाउने ।

भदौ ३१ गते ।