काठमाडौँ । काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको फाइल सर्वोच्चमा पठाउने सरकारको तयारी संगै अख्तियारले लडाकूको रकम दुरुपयोग प्रकरणमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपराष्ट्रपति नन्दबहादुर पुन, अर्थमन्त्री कृष्णबहादुर महरा, माओवादी नेता वर्षमान पुन, ऊर्जामन्त्री जनार्दन शर्मा, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खनाललाई एक महिना भित्र उपस्थित हुन भन्दै पत्र काटेको छ । अख्तियारले पत्र काटेको जानकारी प्रधानमन्त्री दाहालले आजको पार्टी बैठकमा गराएपछि बैठकमा खैलाबैला मच्चिएको छ ।
अख्तियार स्रोतका अनुसार लडाकु शिविरमा भएको अनियमितताका विषयमा बयान दिन उनीहरुलाई आयोगको कार्यालय टंगालमा उपस्थित हुन पत्र काटेको हो । चलानी नम्बर सहितको पत्र बुझाउने क्रम एक दुई दिनमै सुरु हुने पनि अख्तियार स्रोतले बताएको छ ।
लडाकू रकम प्रकरणमा चार अर्व रुपियाँभन्दा बढी घोटला भएको उजुरी अख्तियारमा परेपछि अख्तियारले छानविन सुरु गरेको हो ।
यसैबीच, अख्तियार प्रमुख कार्की लामो विदा लिएर क्यानडातर्फ प्रस्थान गर्नुभएको छ ।
असोज ४ गते