प्रचण्ड सरकार टीकापुर प्रहरी हत्याकाण्डका प्रमुख अभियुक्त चौधरीलगायत पाँच सय जनाको मुद्दा फिर्ताको तयारीमा, प्रहरी नेतृत्व असन्तृष्ट

maitrinews

bimalendra-nidhi-and-upendrakanta-aryal

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका बेला टीकापुर काण्डका प्रमुख फरार अभियुक्त रेशम चौधरीलाई भेटी मुद्दा फिर्ता लिने आश्वासन दिएपछि प्रहरी नेतृत्व असन्तुष्ट बनेको छ । सो काण्डमा संलग्न सबैको मुद्दा फिर्ता लिन दवाव परेपछि मुद्दा फिर्ताको तयारी गरिएको छ । कैलालीको टीकापुरमा गत वर्ष भएको प्रहरी हत्यालाई राजनीतिक मुद्दा भनी उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले पनि अडानले अडान लिनुभएको छ ।
मधेस आन्दोलनका क्रममा टीकापुरमा दुई वर्षे बालक र ८ प्रहरीको हत्या गर्ने आपराधिक व्यक्तिहरूमाथि लगाइएको मुद्दा फिर्ता लिन प्रक्रिया अघि बढाएकोमा नेपाल प्रहरी नेतृत्वले त्यसको चर्को प्रतिवाद र आलोचना गरेको छ ।

मधेस आन्दोलनका क्रममा बिभिन्न व्यक्तिमाथि लगाएको मुद्दा फिर्ता लिने लिखित सहमति भएपछि मधेसी मोर्चाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेका थिए ।
त्यही समर्थनका आधारमा मोर्चाले झन्डै ५ सय हाराहारीमा मुद्दा फिर्ता लिनुपर्ने व्यक्तिहरूको नाम सरकारलाई बुझाएको थियो ।
मधेसी मोर्चाले सूची बुझाएका झन्डै ५ सय हाराहारीमा मुद्दा फिर्ता लिने गृहमन्त्री निधिले बताएपछि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले त्यस्तो निर्णय नगर्न गृहमन्त्रीलाई आग्रह गर्नुभएको छ ।