अन्तत: अख्तियार प्रमुख लोकमानको फाइल सर्वोच्चमा, सर्वोच्चलाई मनाउने प्रचण्डको प्रयास विफल

prachand-lokman-sushila
काठमाडौँ । अन्ततः अख्तियार प्रमुख लोकमानसिंह कार्कीको फाइट सर्वोच्च पुगेको छ । सर्वोच्च अदालतले माग गर्दा सरकारले भूकम्पका बेला हराएको भनेको अख्तियार प्रमुख कार्की नियुक्तिको फाइल भेटिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले सर्वोच्चमा शुक्रबार फाइल पठाएको छ।
सर्वोच्चका प्रवक्ता नहकुल सुवेदीले अख्तियार प्रमुख आयुक्तको नियुक्ति फाइल सर्वोच्चमा आजै आइपुगेको बताउनुभयो। अदालतले मागे बमोजिमको कागज आइपुगेको उहाँले जानकारी दिनुभयो ।
नियुक्ति प्रक्रियामा प्रश्न उठाउँदै परेको रिटमा सर्वोच्चले कार्कीलाई नियुक्त गर्दाको सक्कली फाइल मगाएको थियो। सुरुमा फाइल माग्दा सरकारले भूकम्पका बेला हराएको भन्ने जवाफ दिएको थियो। त्यसपछि सर्वोच्चले सक्कली फाइल नदिए कारबाही गर्ने चेतावनीयुक्त आदेश दिएको थियो।
नियुक्तिको फाइल आएपछि अब यसमा सर्वोच्चमा सुनुवाइ हुने भएको छ।
उता प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार प्रमुख र आफ्नो कुरा मिलिसकेको बताउनुभएको थियो ।
उहाँले कार्कीविरुद्धको कारबाही पनि अगाडि नबढ्ने र लडाकू शिविरमा भएको अर्वौँको भ्रष्टाचारको छानविन पनि नहुने संकेत गर्नुभएको थियो । प्रचण्डले प्रधानन्यायाधीश सुशीला कार्कीलाई पनि मनाउने प्रयास गर्नु भएको थियो । तर यो सवै कुरा छताछुल्ल भएको छ । उहाँ झन् अप्ठेरोमा पर्ने सम्भावना बढेको छ ।

असोज ७ गते ।