जथाभावी गर्भपतनले स्वास्थ्यमा थप्दैछ जोखिम —
विवेक श्रेष्ठ

maitrinews

garvaabastha

लामो समयसम्म टाढिएका दम्पती भेट हुँदा एक अर्काबीच अविश्वास तथा शङ्का पैदा हुने डर रहन्छ र एकको अनुपस्थितिमा परिवार नियोजनका साधनको प्रयोग विना रहन पुगेको अनिच्छित गर्भ तनावको कारण बन्ने गरेको छ । गर्भपतनको मुख्य कारण परस्त्री वा परपुरुषसँगको शारीरिक सम्बन्ध हो ।
मेलाजात्रामा हुने आकस्मिक भेटघाट र हतारको माया प्रेमसँगै हुने गल्तीले पनि कतिपय अविवाहित युवती तथा किशोरीहरुसामु गर्भपतन गर्नुपर्ने नौबत आइलाग्छ । जबर्जस्ती करणी पनि रहने अनिच्छित गर्भ अर्को कारण हो । लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्ने समस्या पनि उत्तिकै छ ।
पश्चिमाञ्चल विकास क्षेत्रमा गर्भपतन गराउनेहरुको सङ्ख्याको आधारमा म्याग्दी पाँचौ स्थानमा छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले बीस वर्षभन्दा कम उमेरमा गर्भपतन गर्ने, दोहो¥याएर गर्भपतन गर्ने र जथाभावी औषधि सेवन गर्ने जस्ता कारण स्वास्थ्य समस्या उत्पन्न भई अस्पतालमा पुग्नेहरुको सङ्ख्या पनि बढ्दो क्रममा रहेको देखाएको छ ।
आर्थिक वर्ष २०७१र७२ मा बीस वर्ष भन्दा कम उमेरमा गर्भपतन गराउनेको सङ्ख्या १०९ रहेकामा २०७२र७३ मा यो सङ्ख्या ११६ पुगेको छ । मेडिकलको तुलनामा सर्जिकल विधिबाट गरिने गर्भपतन जोखिमयुक्त मानिन्छ । आर्थिक वर्ष २०७२र७३ मा १४६ जना निजी क्लिनिक र औषधि पसलमा गर्भपतन गराई स्वास्थ्य समस्या देखिएपछि सरकारी स्वास्थ्य संस्थाको सम्पर्कमा आएका थिए । यो सङ्ख्या अघिल्लो वर्षमा ६५ थियो ।
जिल्लामा बीस प्रतिशतले दोहो¥याएर गर्भपतन गराएको तथ्याङ्क छ । दोहो¥याएर गर्भपतन गराउनेहरु कमै मात्र एउटै स्वास्थ्य संस्थामा आउने गरेको स्वास्थ्यकर्मीहरुको अनुभव छ । सूचीकृत स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीले दोहो¥याएर गर्भपतन गर्न नदिने र दोहो¥याउँदा हुने स्वास्थ्य समस्याका बारेमा समेत परामर्श दिने भएकाले नयाँ ठाउँमा जाने प्रवृत्ति हावी छ ।
गर्भ रहेको नौ हप्तासम्म लिङ्गको पहिचान हँुदैन । लिङ्ग पहिचान गरेर भ्रूण हत्या गर्नेहरु जिल्ला बाहिरका निजी अस्पताल जान्छन् । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार म्याग्दीमा धेरैले नौ हप्ताअघि नै गर्भपतन गराउने गरेका छन् । नौदेखि १२ हप्तासम्मको गर्भपतन गराउनेहरुको सङ्ख्या आर्थिक वर्ष २०७१र७२ मा ६९ छ ।
गर्भपतन प्रजनन् स्वास्थ्यका दृष्टिले जोखिमयुक्त भएको जिल्ला अस्पतालका चिकित्सक धिरन मल्लले बताउनुभयो । “गर्भपतनका कारण शारीरिक कमजोरी, पाठेघरको सङ्क्रमण, बाँझोपन र रक्तअल्पताको समस्या देखापर्छ,” चिकित्सक मल्लले भन्नुभयो – “पटक पटक गर्भपतन गराउँदा शारीरिक र प्रजनन् स्वास्थ्यमा गम्भीर असर पर्छ ।”
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार म्याग्दीमा ४० प्रतिशत दम्पतीले मात्रै परिवार नियोजनको साधन प्रयोग गर्छन् । आर्थिक वर्ष २०७२र७३ मा परिवार नियोजनका साधनहरु पिल्स, डिपो, आइयुसिडी र इम्पलान्टका नयाँ प्रयोगकर्ताहरु क्रमश ६४६, एक हजार ४०९, १३६ र ३५२ जना रहेको देखिन्छ भने ५४ जनाले स्थायी बन्ध्याकरण गराएका छन् ।
आर्थिक वर्ष २०७२र७३ मा गर्भपतन गराएका एक हजार ८० जनालाई र अघिल्लो वर्ष ९०६ जनालाई स्वास्थ्य संस्थाबाट परिवार नियोजनका अस्थायी साधन दिएर पठाइएको थियो । सरकारी स्वास्थ्य संस्थाले परिवार नियोजनका साधनहरु निःशुल्क वितरण गर्दै आएका छन् ।
वैदेशिक रोजगारीका कारण चलायमान जनस¬ङ्ख्याको ठूलो हिस्सा रहेको म्याग्दीमा दम्पतीहरुको अविश्वास र नकारात्मक बुझाइका कारण परिवार नियोजनका साधनको प्रयोग कम रहेको जिल्ला स्वास्थ्य कार्यालयको परिवार नियोजन कार्यक्रमका संयोजक कौशल भण्डारीले बताउनुभयो ।

परिवार नियोजनका अस्थायी र स्थायी साधनको प्रयोगमा वृद्धि ल्याई गर्भपतन दरमा कमी ल्याउन गत पुसदेखि बेनी नगरपालिकाको साथै दरवाङ, बिम, ओखरबोट, रुम, निस्कोट, बरङ्जा, भकिम्ली, बाबियाचौर र अर्मन गाविसमा परिवार नियोजन सञ्चार अभियान सञ्चालित छ ।