अनुगमन समितिमा आचार्य र श्रेष्ठ

maitrinews

singha-durbar
काठमाडौँ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले सचिव र सहसचिवको कार्यसम्पादनको अनुगमन समितिमा पूर्वसचिव मधुरमण आचार्य र सुरेशमान श्रेष्ठलाई नियुक्त गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदबारमा बसेको बैठकले नेपाल सरकारका सचिव र सहसचिवको नेतृत्व मूल्याङ्कन समितिमा पूर्वसचिव आचार्य र सुरेशमान श्रेष्ठलाई नियुक्त गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिनुभयो ।
प्रवक्ता कार्कीले भन्नुभयो, ‘समितिले नेपाल सरकारका सचिव र सहसचिवको नेतृत्व क्षमता र कार्यसम्पादनको नियमित अनुगमन गर्ने र सरकारलाई रिपोर्ट दिने काम गर्छ ।’
सरकारका प्रवक्ता कार्कीका अनुसार दसैँ र तिहारका बेला बन फडानी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै करारका चार सय ५० जना बनपालेलाई यथावत् राख्ने र नियमित तलबको व्यवस्थापन गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको छ ।
बैठकले प्युठानको लुङमा गएको पहिरोमा परी मृत्यु हुने परिवारका लागि दसैँ खर्चबापत् १५ हजार सहयोग दिने प्रधानमन्त्रीको घोषणालाई अनुमोदन गर्दै दसैँ अघि नै उक्त रकम पठाउने समेत निर्णय गरेको छ ।