कात्यायिनी देवीको पूजाअर्चना गरिँदै

maitrinews

dashian
काठमाडौं । बडादशैं अन्तर्गत तिथिले छैटौं दिन र मितिले सातौं दिन शुक्रबार हिन्दूधर्मालम्बीहरूले कात्यायिनीको पूजा गरी दशैं मनाउँदै छन् ।
विजयादशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्यमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टीका र जमरा लगाउने चलन छ ।
यस दिन पनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली ९संहार०, महालक्ष्मी९सुरक्षा० र महासरस्वती ९सृष्टि०को पञ्चोपचारले पूजा–आजा गरिन्छ ।
बडादशैं नेपालीहरूको प्रमुख चार्ड हो । राष्ट्रिय चाड दशैँ९नवरात्र० हिन्दु धर्मावलम्बीहरुले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म शक्तिको आराधना गरी दशौं दिन बिहान दशमीका दिन टीका ग्रहण र विशेष रुपमा पूर्णिमासम्म प्रसाद ग्रहण गर्दै मनाउने गर्छन् ।
आश्विन शुक्ल प्रतिपदा ९घटस्थापना०मा जमरा राखी नवमीसम्म नवरात्रीय विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ्र ।
प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती पाठ गरी महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष आराधना गरिन्छ ।

हाम्रो धर्म, संस्कृति अनुसार कलशमै सम्पूर्ण देवी देवता,सागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित हुन्छन् । यसका अतिरिक्त कलशमा अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा पूजित भएको पाइन्छ ।
घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनी नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजाको थालनी गरिएको हो ।

यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा,आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरू, घण्टी आदि बजाइ दुर्गासप्तशती ९चण्डी०, दुर्गा कवच, श्रीमद्देवीभागवत आदि पाठ पनि पढिन्छ ।

पूजा गरिसकेपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ । श्रौतयज्ञानुसार पशु बलि र शाकाहारीहरूले प्रदान गर्ने नरिवल, ऊखु, कुभिण्डो आदि स्मार्तबलि गरी दुई प्रकारको हुन्छ ।

बलि प्रदान गरिसकेपछि यस दिनको कार्य समापन गरिन्छ ।

चैत्र शुक्ल एवं आश्विन शुक्लको प्रतिपदा तिथि वर्षका अत्यन्त शुभ तिथि हुन् । यी दिनहरूमा हिन्दुहरू नयाँ कार्य सुरु गर्दछन् ।

शस्त्रको पूजा गर्दछन् । प्राचीन कालमा राजाहरू यस दिन विजयको प्रार्थना गरेर रण–यात्राको लागि प्रस्थान गर्दथे । अहिले पनि भारतमा रामलीलाको आयोजना हुन्छ । रावणको विशाल पुत्ला बनाएर जलाईन्छ ।

चैत्र शुक्ल एवं आश्विन शुक्लको प्रतिपदा तिथि वर्षका अत्यन्त शुभ तिथि हुन् । यी दिनहरूमा हिन्दुहरू नयाँ कार्य सुरु गर्दछन् । शस्त्रको पूजा गर्दछन् । प्राचीन कालमा राजाहरू यस दिन विजयको प्रार्थना गरेर रण–यात्राको लागि प्रस्थान गर्दथे ।

अहिले पनि भारतमा रामलीलाको आयोजना हुन्छ । रावणको विशाल पुतला बनाएर जलाईन्छ । विजयदशमी भगवान् रामको विजय अथवा दुर्गा पूजाको रूपमा मनाइएपनि यो शक्तिपूजाको पर्व हो ।

शस्त्र पूजनको उपयुक्त तिथि पनि हो । हर्ष, उल्लास तथा विजयको पर्व हो । हिन्दू संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो । व्यक्ति र समाजको मनम मनमा वीरता प्रकट होस् भन्ने ध्येयले दशैँको उत्सव ९पर्व० सुरु भएको हो ।

दशैँ पर्वले दश प्रकारका पापहरू ९काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, अहङ्कार, आलस्य, हिंसा र स्तेय त्याग०को प्रेरणा दिन्छ ।