नाचसहित टीका थाप्न थारु समुदाय वडघरमा

कञ्चनपुर। कञ्चनपुरका थारु समुदायले नाचसहित बडघरमा जम्मा भएर बडादशैंका टीका थापेका छन् ।
पालो पर्खदै पहुरा लिएर बडघरमा जम्मा भएका थारु समुदायका बालबालीका, बुढापाका, महिला र तन्नेरीले टीका टीका थापेका हुन् । थारु समुदायमा बडादशैंको टीका बडघरमा गएर थाप्ने चलन रहेको छ ।
टीका थाप्न गाँउगाँउबाट सखिया, लठुवा र छोक्रा नाचसँगै पहुराका रुपमा मदिरा, जमरा, बेवरी र टीकासहित बडघरमा जाने चलन रहेको स्थानीय परदेशी चौधरीले बताउनुभयो ।
गाँउका मान्यजनका रुपमा समाजले सामाजिक र साँस्कृतिक कार्य गर्न चुनेका बडघरबाट पहिलो टीका थापेर आशिर्वाद लिनुपर्ने परम्परागत चलन रहेको उहाँले बताउनुभयो ।
टीका थाप्नका लागि परिवारसहित बडघरमा पुगेका विश्राम चौधरीले छोक्रा नाचसहित टीका लगाउन आएको बताउनुभयो ।