सुजातालाई ५० लाख उपचार खर्च

maitrinews

काठमाडौँ । सरकारले कांग्रेस नेतृ सुजाता कोइरालालाई राज्यको ढुकुटीबाट एकमुष्ठ ५० लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरेको छ । कोइराला आइतबार नै उपचारका लागि सिंगापुर प्रस्थान गर्नुभएको छ ।
मन्त्रिपरिषदको आइतबार बसेको बैठकले पूर्व तथा वर्तमान पदाधिकारी तथा नागरिकलाई स्वास्थ्य उपचार सहायतासम्बन्धी कार्यविधि र संसदको अर्थ समितिको निर्णयलाई उल्लंघन गर्दै कोइरालालाई विदेशमा गएर उपचार गर्न ५० लाख दिने निर्णय गरेको हो ।