काँग्रेसका बरिष्ठ नेता पौडेल सबार जिप दुर्घटनामा

 

महोत्तरी : नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल चढेको जिप दुर्घटनामा परेको छ।
तराई मधेस संवाद अभियानका क्रममा सर्लाबाट महोत्तरीको जलेश्वर जाने क्रममा पौडेल सवार बा ६ च ७५५५ नम्बरको स्कार्पियो जीप आज बिहान जाउख चोकमा दुर्घटनामा परेको हो।
दुर्घटनामा जीपमा सवार पौडेलसहित सबैजना नेताहरु सकुशल रहेको पौडेलका स्वकिय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिनुभयो। अधिकारीका अनुसार जीपको स्ट्रेरिङ फेल भएर दुर्घटना भएको हो।
जीपमा भने सामान्य क्षति भएको छ। उक्त जीपमा बरिष्ठ नेता पौडेलसँगै कांग्रेस महोत्तरी जिल्ला सभापति सभापति, कांग्रेस सर्लाहीका निवर्तमान सभापति लक्ष्मण राय, पौडेलका स्वकिय सचिव चिरन्जिवी अधिकारीसहित पाँचजना सवार हुनुहून्थ्यो।
पौडेल तराई मधेस संवाद अभियान लिएर पूर्वी तराईको भ्रमणमा हुनुहुन्छ। अभियानका क्रममा महोत्तरीको जलेश्वरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्न पौडेल सिरहाको कार्यक्रम सकेर त्यसतर्फ जाँदै गर्दा सो दुर्घटना भएको हो।