संविधान संशोधन प्रस्तावको विरोधमा एमालेका भ्रातृ संगठनहरु आन्दोलनमा

काठमाडौँ । माओवादी—काँग्रेस गठबन्धन सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सहमतिविना संविधान संशोधन प्रस्ताव अगाडि बढाउने तयारी गरेकामा एमालेका भ्रातृ संगठनहरु आन्दोलनमा उत्रेका छन् । प्रजातान्त्रिक राष्ट्रिय युवा संघ र अनेरास्ववियुले राजधानीलगायत देशका विभिन्न भागमा विरोध प्रदर्शन गरेका छन् ।
सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरिरहँदा एमालेमात्रै होइन आन्दोलनरत संघीय मधेसी गठबन्धनमा आबद्ध केही दलहरु र समूहहरु पनि असहमति जनाउँदै सहमतिविना संशोधनको अर्थ नहुने बताएका छन् ।
सरकारले अगाडि ल्याएका संशोधनका बुँदाले मुलुकको समस्या समाधान नगर्ने भन्दै एमालेले संशोधन प्रक्रियाबाट पछि हटेको हो ।