संघीय समाजवादी फोरम मधेसी मोर्चाबाट अलग, नयाँ शक्ति पार्टीसँग सहकार्य गर्दै संयुक्त वक्तव्य जारी

baburam-bhattarai-and-upendra-yadav

काठमाडौँ । संविधान संशोधन गर्ने विषयमा कुरा मिलेन । दलहरु आआफ्नै अडानमा रहेपछि कुरा मिल्न सकेन । संयुक्त मधेसी मोर्चाले संविधान संशोधनका लागि दिएको समयसीमा आज सकिँदा मोर्चाको एक घटक संघीय समाजवादी फोरमले डा.बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीसँग मिलेर नयाँ वक्तव्य जारी गरेको छ ।
मधेसी मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरमले संविधान संशोधनमा बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीसँग सहकार्य गर्ने भएको छ । यसअघि गरिएको अनुमानलाई सहि सावित गर्दै फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले संविधान संशोधनमा साझा माग प्रस्तुत गर्नुभएको छ।

यसअघि मधेसी मोर्चाले उठाउँदै आएका भन्दा बेग्लै प्रत्यक्ष निर्वाचित कार्यकारी सहित जातीय पहिचानका राज्यको माग समेत गरिएको छ । संविधान संशोधनको अन्तरवस्तुमा मधेसी मोर्चाका अन्य घटक र फोरमबीच मतभेद रहंदै आएको थियो ।