राष्ट्रपतिसँग प्रमुख तीन दलका शीर्ष नेताको छलफल, संविधान संशोधनको विषयमा सहमति जुटाउन जोड

maitrinews

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनका विषयमा प्रमुख तीन राजनीतिक पार्टीका शीर्ष नेतासँग छलफल गर्नुभएको छ । उहाँले संविधान संशोधनको विषयमा सहमति जुटाउन जोड दिनुभएको छ ।

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संविधान कार्यान्वयन गर्ने क्रममा संशोधनलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गर्नुभएको हो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटवार्तामा संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउने विषयमा प्रमुख तिन दलका शीर्षस्थ नेतासँग सामूहिक छलफल भएको राष्ट्रपतिका स्वकीय उपसचिव दीपा शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार राष्ट्रपति भण्डारीले सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग पनि संविधान कार्यान्वयनका विषयमा छलफल गर्नुभएको थियो ।

केही दिनयता राष्ट्रपतिले मधेस केन्द्रित राजनीतिक दलका नेतासँगको छलफललाई तीव्र बनाउँदै आउनुभएको छ । संविधान संशोधनका विषयमा उठेका विषयलाई कसरी निष्कर्षमा पु¥याउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको बुझिएको छ ।