राज्यमन्त्रीमा पनि काँग्रेसभित्र भागवण्डा, प्रचण्ड सरकारमा काँग्रेसका १० राज्यमन्त्री थपिदै

काठमाडौं । नेपाली कांग्रेसले आफ्नातर्फबाट १० जना राज्यमन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएको छ। सभापति शेरबहादुर देउवाले सिफारिस गरेका १० जना राज्यमन्त्रीहरुको नाम उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउनुभएको छ ।
कांग्रेसबाट दीर्घसिंह भाट ९भौतिक योजना तथा यातायात०, सीताराम मेहता ९वन०, तारामान गुरुङ ९स्वास्थ्य०, सुरेन्द्र आचार्य ९सिंचाई०, सुवर्ण ज्वारचन ९शहरी विकास० राज्यमन्त्री बन्दै हुनुहुन्छ।
यसैगरी इन्द्र बानियाँ ९पर्यटन०, दिलिप गच्छदार ९श्रम०, दीपक खड्का ९खानेपानी तथा सरसफाई०, कञ्चन वादे ९उद्योग० र मिठु मल्ल ९वाणिज्य० राज्य मन्त्रीका लागि सिफारिस गरिएको छ । ।
सभापति देउवाले आफ्नो पक्षबाट पाँच, बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट तीन र खुमबहादुर खड्का र कृष्णप्रसाद सिटौला पक्षबाट १–१ जनालाई समेटेर राज्यमन्त्रीका लागि नाम सिफारिस गर्नुभएको हो ।