काठमाडौं । एसवीआईले १० कित्ता शेयर वराबर ४ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकको हालै वसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
वि.सं. २०७२ माघ २४ गते सम्पन्न बैंकको २२ औँ साधारण सभाले निर्धारण गरेको हकप्रद निष्काशनको अधिकतम सीमा (२ अर्व ६० करोड) तथा सोही साधारणसभाले समितिलाई प्रत्यायोजन गरेको अख्तियारीको परिधीभित्र रही समितिले उक्त हकप्रद निष्काशनको रकम तथा अनुपात तय गरेको हो । नेपाल राष्ट्र बैंकले तोकेको समय सीमा (अर्थात् वि.सं. २०७४ आषाढ मसान्त) भित्रै बैंकको चुक्ता पूँजी रु. ८ अर्ब पु¥याउने गरी गत वर्ष बैंकले तर्जुमा गरेको पूँजी योजना कार्यान्वयनको क्रममा बैंकले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
नेपाल एसबिआई बैंक लिमिटेड नेपाल र भारतको संयुक्त लगानीमा भारतीय स्टेट बैंक तथा कर्मचारी संचय कोषको प्रवद्र्धनमा स्थापित बैंक हो । बैंकले हाल ७३ वटा व्यवशायिक इकाई (३ वटा क्षेत्रीय कार्यालय सहित) र ६७८ जना कर्मचारी मार्फत सेवा प्रदान गर्दै आएको छ । हाल देशका विभिन्न स्थानमा बैंकका ८६ वटा एटिएम रहेका छन् ।
एसवीआईले १० कित्ता शेयर वराबर ४ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्ने
maitrinews
