सरकारले ल्याएको संविधान संशोधन प्रस्तावबारे एमालेका कुन नेताले के भन्नुभयो ?

काठमाडौँ । व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएपछि सबै भन्दा बढी विरोध प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले गरेको छ । यसबारेमा कुन नेताले के भन्नुभयो ?
सुवास नेम्वाङ
उपनेता, नेकपा एमाले संसदीय दल
संविधान संशोन प्रस्ताव राजनीतिक र संवैधानिक रुपमा पनि उचित छैन । प्रदेश नम्बर–५ का जनता र जनप्रतिनिधि प्रदेश नम्बर पाँचलाई यताउता गर्ने पक्षमा छैनन् । तर, किन यसलाई यतउता गर्ने काम भयो रु यो कसैको दववामा भएको छ भनेर बुझ्न कुनै मुस्किल छैन । सर्वोच्च र संवैधानिक दुबै कारणले यो गलत छ । प्रधानमन्त्री प्रचण्डले सवैलाई सर्वस्वीकार्य बनाउन यो प्रस्ताव ल्याएको भन्नुभयो । ९० प्रतिशतले स्वीकार गरेको संविधान सर्वस्वीकार्य हुक्छ कि रु १ सय ८२ सिट भएको एमालेलाइृ बारिह राखेर ल्याएकोप्रस्ताव सर्वस्वीकारर्य हुन्छ रु
भीम रावल
उपाध्यक्ष नेकपा एमाले
प्रधानमन्त्री प्रचण्ड दस वर्षे युद्धबाट नअघाएर देशलाई फेरि नयाँ द्वन्द्वमा फसाउन उद्यत रहेको प्ष्टि भएकोछ । देशलाई नयाँ द्वन्द्वतिर धकेल्ने उद्देश्यस्वरुप नै संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका–संसदमा दर्ता गरिएको हो । अब द्वन्द्वको नयाँ शृंखला सुरु भयो । संविधान संशोधनविरुद्ध एमाले मात्र होइन, कांग्रेस र माओवादीसमेत सडकमा उत्रिएका छन् ।

माओवादी र कांग्रेसले तराई र पहाडका जनताबीचको अन्योन्याश्रित सम्बन्धलाई टुटाउन खोजेको छ । तराई र पहाडको सम्बन्धलाई टुटाउने कुरा तराईका जनताकै हितमा छैन । हामी तराई र पहाड छुट्याउन नदिन शान्तिपूर्ण आन्दोलनमा जान्छौं । नेपालजस्तो भूराजनीतिक अवस्था रहेको देशमा पहाड र तराई मिलाएर प्रदेश बनाउँदा नै जनताको समृद्धि हुन्छ । हामीले यही कुरालाई ध्यानमा राखेर संविधान संशोधनको प्रस्ताव ल्याउनुअघि प्रधानमन्त्री प्रचण्डसँग पटकपटक कुराकानी गरेका थियौँ । हामीले प्रधानमन्त्रीलाई यो प्रस्ताव जसको हितका निम्ति भनेर ल्याउँदै हुनुहुन्छ, उहाँहरुसँग लिखित सम्झौता गर्नुभएको छ भनेर सोध्यौँ । प्रधानमन्त्रीले लिखित सहमति नभएको बताउनुभयो । हामीले जसका निम्ति संविधान संशोधन गर्दै हुनुहुन्छ, उनीहरुको सहमति छैन भने कसको हितका निम्ति संशोधन गर्दै हुनुहुन्छ रु भनेर सोध्दा उहाँ नाजवाफ बन्नुभयो ।
घनश्याम भुसाल
उपमहासचिव, नेकपा एमाले
यो प्राकृतिक हिसावले हेर्दा पनि संसद्बाट पारित हुँदैन । यस्तो कुरालाई कांग्रेस–माओवादीले किन टाउकोले टेकेर ल्याएका छन् रु यो सजिलै बुझ्ने कुरा हो ।यो कसैको दवावमा आएको छ । भारत नेपाललाई मनोवैज्ञानिक रुपमा झुकाउन चाहन्छ । तर, हामी राष्ट्रियताका लागि लडेको इतिहास खोज्छौँ । भारत त्यसलाई विनिर्माण गर्न चाहन्छ । समस्या यहाँ छ ।
प्रदीप ज्ञवाली
सचिव नेकपा एमाले

एमाले पहिलाको जस्तो लतारिएला कि भन्ने ठानेका होलान एमाले अहिले फरक भएको छ । हामी हाम्रो एजेण्डामा एक ढिक्का भएर लाग्छौँ । हामी जसरी पनि यो राष्ट्रघाती संशोधन प्रस्तावलाई असफल बनाएर छाड्छौँ । सडक र सदनमा मात्र होइन हामी अब देशभरी माहोल सिर्जना गरेर अघि बढ्छौँ । अहिले नेपालीको शीर झुकाउने प्रयास भएको छ । एमालेले शीर झुक्न दिदैँन। सरकारले ल्याएको प्रस्ताव संवैधानिक र कानुनी रुपमा पनि वेठिक छ ।
योगेश भट्टराई
सचिव नेकपा एमाले
अहिले प्रस्ताव गलत छ । हामीले छिमेकी मुलुक भारतको इतिहास हेर्ने हो भने पनि कुन प्रदेशमा बस्ने भन्ने निर्णय प्रदेशका जनताले नै गर्ने हो । प्रदेशसँग अनुमति लिएर गर्नुपर्ने कुरालाई सरकाले हचुवाका भरमा ल्याएको छ । यो गलत छ । त्यसैले यो कानुनी रुपमा पनि गलत भएको प्रस्तावलाई पारित हुन एमालेले दिदैँन । हामीले कतिवटा प्रदेश बनाउने भनेर पहिला देशभरीका जनतासँग सल्लाह गरेका थियौँ । अब प्रदेशमा गएपछि त्यहाँका जनतासँग सल्लाह गर्ने हो ।