एमालेव्दारा दोस्रो दिन पनि सदन अबरुद्ध, आइतवारसम्म बैठक स्थगित
काठमाडौं । संविधान संशोधन विधेयकको विरोधमा नेकपा एमालेसहित विपक्षी दलहरुले दोस्रो दिन पनि व्यवस्थापिका संसदको बैठक अवरुद्ध पारेका छन् ।
संसद बैठक सुरु हुनासाथएमाले, माले, राष्ट्रिय जनमोर्चासहितका दलका सांसद आ आफ्नो स्थानमा उभिए । सभामुखले पटक(पटक बस्न आग्रह गर्दा पनि विपक्षी सांसदहरुले अस्वीकार गरेपछि संसद बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।
संविधान संशोधनको विरोधमा विपक्षी दलहरुले बिहीबार पनि संसद बैठक अवरुद्ध पारेका थिए ।