घिसिङविरोधी प्राधिकरणका तीन सञ्चालकलाई कारबाही गरिने

maitrinews

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको नयँ नेतृत्वले शुरु गरेको प्राधिकरणको सुधार प्रकृयामा अवरोध गर्ने तीन सञ्चालकलाई उर्जा मन्त्रालयले करवाही गर्ने भएको छ । राम्रो काम गर्न खोज्दा पटक पटक अवरोध सृजना गेपछि उर्जा मनलयले कारवाहीको तयारी गरेको हो ।
उर्जामन्त्री जनार्दन शर्माले सचिव अनुपकुमार उपाध्यायलाई प्राधिकरणका सञ्चालकहरु लक्ष्मण प्रसाद अग्रवाल, मनोज कुमार मिश्र र सुरज लामिछानेलाई प्रष्टिकरण सोधेर कारबाही प्रकृया अघि बढाउन निर्देशन दिनुभयो । मन्त्री शर्माले सचिव उपाध्याय सहित नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग शुक्रबार बिहान नै छलफल गर्नुभएको थियो ।
छलफलकै क्रममा उहाँले अवरोध सृजना गर्ने ती तीनै जना सञ्चालकहरुलाई कारबाही प्रकृया अघि बढाउने निर्णय गर्नुभएको हो । तीन सञ्चालकले प्राधिकरणलाई आर्थिक रुपमा सवल बनाउन र लोडसेडिङको दीर्घकालीन समाधानका लागि कम्पनी मोडलमा परियोजना अघि बढाउने प्रस्तावमा अवरोध सिर्जना गरेका थिए । साथै प्राधिकरण सञ्चालक समितिको निर्णय भन्दै तीन जनाले हस्ताक्षर गरेर कार्यकारी निर्देशक बिरुद्ध प्रचार गराएका थिए ।
सञ्चालकहरुको यो व्यवहार विद्युत प्राधिकरण ऐन २०४१ को प्रतिकुल रहेको भन्दै मन्त्री शर्माले कारबाहीको निर्देशन दिनुभयो । सचिव उपाध्यायले उनीहरुलाई प्रष्टिकरणका लागि आजै चिठी काटि जवापल माग गरेपश्चात चित्त बुझ्दो जवाफ नदिएमा मन्त्रालयले उनीहरुलाई हटाउनेछ ।
खिलराज रेग्मी मन्त्रीपरिषदका उर्जामन्त्री उमाकान्त झाले अग्रवाल र मिश्रलाई प्राधिकरणमा नियुक्ति गर्नुभएको थियो । सुशील कोइराला नेतृत्वको सरकारका ऊर्जामन्त्री राधा ज्ञवालीले लामिछानेलाई भने नियुक्ति गर्नुभएको थियो ।