संघीय संरचना अनुसार पोखरामा परिसंघको विस्तार

काठमाडौं नेपाल उद्योग परिसंघले प्रदेश नंवर ४ को प्रशासनिक तथा आर्थिक केन्द्र पोखरामा आफ्नो सञ्जाल विस्तार गरेको छ । पोखरा र आसपासका क्षेत्रमा सञ्चालित उद्योगहरुको संगठन पोखरा उद्योग संघलाई परिसंघको संस्थागत सदस्यता प्रदान गरेर समग्र ४ नंवर प्रदेशका उत्पादनमुलक तथा सेवा उद्योगहरुको प्रतिनिधि संस्थाका रुपमाविकास गर्ने उद्देश्यसहित सञ्जाल विस्तार गरिएको हो । मुलुक संघीय प्रणालीमा प्रवेश गरिसकेको अवस्थामा औद्योगिक क्षेत्रको छाता संगठन परिसंघले पनि सोहीअनूरुप सञ्जाल विस्तार गरेको परिसंघका अध्यक्ष हरिभक्त शर्माले बताए ।
४ नंवर बाहेकका अन्य प्रदेशमा स्थानीय उद्योग संगठन र आफ्ना च्याप्टरमार्फत परिसंघ पहिले देखि नै सक्रीयछ । ‘पोखरा उद्योग संघको प्रवेशसँगै ४ नंवर प्रदेशमापनि परिसंघको उपस्थीति स्थापितभएको छ,’ अध्यक्ष शर्माले भने, ‘आगामीदिनमा यसको क्षमता विस्तार गर्दै थप सक्षम र प्रभावकारी बनाएर समग्र प्रदेशमा औद्योगिकरण तथा उद्यमशिलता विकासमा योगदान पु¥याउने हाम्रो लक्ष्यहो ।’
पोखरा उद्योग संघका अध्यक्ष विनोद शर्मा न्यौपानेले पोखरा आसपासका उद्योग प्रतिष्ठानहरुले राष्ट्रिय स्तरमा आफ्ना मुद्दाहरुको पैरवीगर्ने र समस्या समाधानकालागि सहयोग गर्ने सशक्तसंस्थाको आवश्यकता महशुुस गरिरहेको अवस्थामा परिसंघले त्यसको परिपूर्ति गरेको धारणा राखे । ‘लामो अनुभवबाट हामी के निकर्षमा पुग्यौं भने उद्योगहरुको समस्या पहिचानगर्न र समाधानका आवश्यक उपायहरु सझाउनुका साथै नीतिनिर्माण तहमा सशक्त रुपमा पैरवीगर्न उद्योगीहरुकै संस्थाचाहिने रहेछ,’न्यौपानेले भने ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले उद्योग र वाणिज्यको संवन्ध नङ र मासु जस्तै हुने भएकाले आपसीहितकालागि प्रतिस्पर्धा नभई सहकार्य फलदायीहुने धारणा राख्दै परिसंघ सँग सहकार्य गर्न आफु र आफ्नो संस्था सधै तयार रहेको जानकारी दिए । ‘परिसंघ सँग हाम्रो कुनै दुश्मनी छैन, आर्थिक समृद्धिका लागिदाजु भाई सरह हातेमालो गर्न केही समस्याहुने छैन,’पालिखेले भने ।
पोखरा उद्योग संघको १५ औं वार्षिक साधारणसभा र परिसंघको सदस्यता ग्रहण समारोहका प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले औद्योगिकरण विनाकुनै पनि देशको समृद्धि सम्भव नभएको बताउँदै संघ र परिसंघको सहकार्य प्रस्तावित ४ नंवर प्रदेशमा उद्योग धन्दाको विस्तार र उद्यमशिलता विकासकालागि कोषेढुङगा सावितहुने विश्वास ब्यक्त गरे ।
पोखरा उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नवराज ढुङगानाले आफ्नो क्षेत्रमा उद्योग धन्दाको विस्तारका लागि आवश्यक पूर्वाधार विकास तथा व्यवस्थापनमा उपमहानगरपालिकाले सक्दो सहयोग गरिरहेको र आगामीदिनमा पनि त्यस्तो सहयोग जारी राख्ने प्रतिवद्धता ब्यक्त गरे ।
परिसंघको सञ्जाल तथा च्याप्टर हेर्ने उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले औद्योगिकरणको सम्भावनाभएका सबै स्थानमा सञ्जाल विस्तारको रणनीति अनुरुप पोखरामा परिसंघको आगमनभएको बताउँदै अन्य स्थानमापनि सम्भाव्यताका आधारमा सञ्जालविस्तार गर्दै जाने धारणा राखे ।