सुबिसुद्वारा ग्राहकहरुलाई ईन्टरनेट र टिभि सेवामा ५० प्रतिशत भन्दा बढी छुट

काठमाडौं । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनी सुविसु केवल नेट प्रा.लि. ले आफ्नो १६औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरु का लागि मोर देन एक्स्पेक्टेड योजना प्रस्तुत गरेको छ । जस अन्तर्गत ग्राहकहरुले क्लियर टिभी एच डी सेट टप वक्स तथा मोडन, वाइफाइ राउटर र जडान खर्च निस्शुल्क रुपमा प्राप्त गर्न सक्ने छन् ।
यस योजना अन्तर्गत ग्राहकहरुले क्लियर टिभीको प्याकेजको २ हजार ९ सय ९९ र इन्टरनेट तथा क्लियर टिभी कम्वोको प्याकेज ७ हजार ९ सय ९९ मा प्राप्त गर्न सक्नेछन् । ईन्टरनेट र टिभि सेबाका यी प्याकेजहरुमा ५० प्रतिशत भन्दा बढि छुट दिईएको छ ।