इन्भेष्टमेन्ट बैंकलाई यस बर्षको ‘बैंक अफ द इयर’ अवार्ड

काठमाडौ । सन् २०१६ को ‘बैंक अफ द इयर’ अवार्ड नेपाल इन्भेष्टमेन्ट बैंक (एनआइबी)ले प्राप्त गरेको छ । बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सिलय टाइम्स लन्डनद्वारा प्रकाशित द बैंकर म्यागजिनको निर्णायक मण्डलले एनआइबीलाई यो बर्षको सर्बोत्कृष्ठ नेपाली बैंक घोषणा गरेको हो ।
यो सहित इन्भेष्टमेन्ट बैंकले पाचौँ पटक ‘बैंक अफ द इयर’ अवार्ड जितेको हो । लन्डनमा विहिबार आयोजित समारोहमा बैंक अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत ज्योती पाण्डेले अवार्ड लिएका छन् ।
पत्रिकाले यो बर्ष १४९ मुलुकका बैंकलाई अवार्ड दिएको हो । हरेक देशका बाणिज्य बैंक मध्ये सर्वोत्कृष्ठ वित्तिय क्षमता प्रदर्शन गर्नेलाई यो अवार्ड दिएको पत्रिकाको वेव साइटमा उल्लेख छ । सो पत्रिकाले १७ बर्ष देखि यस्तो अवार्ड वितरण गर्दै आएको छ ।