मानवता र मानवअधिकारको कुनै सिमाना हुँदैनः खनाल

काठमाडौँ । नेकपा एमालेका वरिस्ठ नेता तथ पूर्वप्रधानमन्त्री झलनाथ खनाल इस्लामावादमा भइइरहेको शान्तिका लागि विश्वयुवा महासम्मेलन २०१६ मा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नु भएको छ । पाकिस्तान सरकारको विशेष निमन्त्रणामा इस्लामावाद जानुभएका नेता खनालले महासम्मेलनलाई सम्बोधन गर्दै आज विश्व चौथो प्राविधिक क्रान्तितर्फ अघि बढीरहेको परिस्थिथिमा यो सम्मेलनको ठूलो महत्व रहेको औल्याउनु भयो । उहाँले पाकिस्तानले भूकम्प पश्चात नेपाललाई गरेको सहयोग प्रति धन्यवाद दिंदै कार्यक्रममा आफुलाई प्रमुख अतिथिका रुपमा आमन्त्रित गरेकोमा पाकिस्तान सरकार र युएन ह्युमन राइट्स कमिसनलाई धन्यबाद ज्ञापन गर्नुभयो ।
नेता खनालले विश्वमा अझै १८ लाख मानिस गरिवीका कारण मर्ने गरेको उल्लेख गर्दै दक्षिण एशियामा गरिवी अझ ब्याप्त रहेको विवेचना गर्नुभयो । उहाँले गरिवी र असमानता मानवअधिकार उलंघनको सबैभन्दा ठूलो कारण बनेको र विश्वमा विकसित देशहरु यो परिस्थितिका लागि जिम्मेवार रहेको वताउनु भयो । उहाँले भन्नुभयो– ‘मानवता र मानवअधिकारको कुनै सिमाना हुँदैन ।’
उहाँले दक्षिण एशियामा विकसित राजनीतिक अस्थिरताबारे चर्चा गर्दै यी देशहरुमा रहेको सुन्दर विविधतालाई द्वन्द्वमा रुपान्तरण गरिएकोमा चिन्ता ब्यक्त गर्नुभयो । उहाँले यसै सन्र्दभमा नेपालले भोगेको द्वन्द्व र हालै कठिन प्रक्रिया र बहुमतबाट नेपालले जारी गरेको सबिधान सामजिक रुपान्तरण र आर्थिक विकासतर्फ अघिसर्ने कुरा इंगितगर्नु भयो । उहाँले भन्नुभयो–‘मानव सुरक्षा र सम्मान धुब्रसत्य र आवश्यक कुरा हो तर मानवअधिकार र विकासका विचमा खेल खेलिनु भने उपयुक्त होइन । दक्षिण एशियामा हामी अविकासको भूमरीमा फसिरहेकोले यसले मानवअधिकार रक्षामा सहयोग नपुग्ने बताउनु भयो ।
उहाँले भन्नुभयो–‘सामाजिक, आर्थिक र विकासकाअधिकारको सुनिश्चितता विना नागरिक र राजनीतिक अधिकार दिगो बन्न नसक्ने कुरा औल्याउनु भयो ।’
दक्षिण एशियाको अविकासको कारणमा हाम्रो औपनिवेशीकता पनि रहेको, र अहिले उत्तर र दक्षिण र पश्चिम र पूर्वकाबीचमा बढिरहेको असमानता माझ आज पनि लाखौ युवाहरु रोजगारीका लागि विदेश जाने गरेको तत्थ्य औल्याउनुभयो ।
आज हाम्रो देशमा राजनीति क्रान्ति पछि आर्थिक क्रान्ति आवाश्यक छ । समृद्धि, बिकास सगसगै मानवजाती र जनताको खुशी हाम्रो चाहना हो । यसमा दिगो विकासका लागि युवाले सबैभन्दा बढि कार्य गर्न सक्ने कुरा बताउनु भयो । उहाँले पछिल्लो अबधिमा चीन, दक्षिण पूर्वी एशियालगायत दक्षिण एशिमा समेत देखा परेको आर्थिक वृद्धिबारे चर्चा गर्दै थप सहकार्यबाट एशियामा विकास र समृद्धि हासिलगर्न सकिने र यसले युवामा रहेको वेरोजगारी समस्या हल हुने कुरा बताउनुभयो ।
यो शताब्दी युवाको भएकोले राजनीतिमा उनीहरु नै समाज रुपान्तरण, आर्थिक विकास र प्रजातान्त्रिकरणका मूलवाहकहरु हुन् । आज युवामा शिक्षा, सीपविकास र तालिमबाट उनीहरुको मानसिकतामा परिवर्तनगरि युवालाई अघि बढाउनु अत्याआबश्यक छ । भन्दै उहाँले यो मिसनमा आफ्नो सधै साथ रहने प्रतिवद्दता ब्यक्त गर्नुभयो ।