बैठक बस्न नसक्ने भएपछि सूचना टाँसेर पुस ४ गतेसम्म संसद् बैठक स्थगित

काठमाडौं । व्यवस्थापिका संसदको बिहीबारको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको छ ।
विहान ११ बजेलाई निर्धारित गरिएको बैठक विशेष कारणबश बस्न नसक्ने भन्दै स्थगित गरिएको सूचना टाँसिएको छ । संसदको अर्को बैठक पुस ४ गते बस्नेछ ।
संविधान संशोधन विधेयक दर्ता भएदेखि नेकपा एमालेको नेतृत्वमा विपक्षी पार्टीहरुले निरन्तर संसद अवरोध गर्दै आएका छन् । दलहरुबीच सहमति नभइसकेको अवस्थामा बैठकको कारवाही अघि बढाउन नसकिने भएकाले स्थगित गरिएको हो प्रमुख दलहरुबीच छलफल भई सहमति भएमामात्र संसद् चल्नसक्ने अवस्था देखिएको छ ।