पत्रकार न्यौपानेको परिवार विचल्लीमा

युवा पत्रकार सञ्जय न्यौपानको अल्पायुमा निधन भएपछि उहाँको परिवार विचल्लीमा परेको छ । उपचार गराउँदा घरसम्पत्ति सकियो तर बचाउन सकिएन,न्यौपानेका भाइ शैलेन्द्र न्यौपानेले भन्नुभयो— दाइको निधनपछि परिवारको विचल्ली भएको छ । परिवार कसरी पाल्ने ? बालबच्चालाई कसरी पठाउने ?
दुई दशकभन्दा लामो समयदेखि आर्थिक पत्रकारका रुपमा सक्रिय कारोबार दैनिकका पूर्वसम्पादक न्यौपाने बिरामी परेपछि कारोबार दैनिकको व्यवस्थापकले असहयोग र मानवोचित व्यवहार नगरेपछि वाध्य भई जागिर छोड्नु परेको बताउँदै शैलेन्द्र न्यौपानेले भन्नुभयो— एनआरएनका उपाध्यक्षसमेत रहेका कारोबार दैनिकका  व्यवस्थापक भवन भट्टले दाइलाई उचित सहयोग र राम्रो व्यवहार गर्नुभएन । उहाँको रुखो व्यवहारले जागिर नै छोड्नु पर्यो ।
कान्तिपुर दैनिकको आर्थिक व्युरो प्रमुख भएर काम गर्नुभएका न्यौपाने कान्तिपुर पछि कारोबार दैनिकमा जानुभएको थियो । उहाँ सेजनको पूर्वउपाध्यक्ष पनि हुनुहुन्थ्यो । अत्यन्तै मिलनसार र मिहिनेती न्यौपानेको स्नायु प्रणालीसम्बन्धी रोगबाट गत कात्तिकमा निधन भयो । उहाँ उचपारका लागि भारत पनि जानुभयो । तर निको भएन । उपचार गराउँदो धेरै खर्च भयो जसले गर्दा अहिले उहाँको परिवार आर्थिक संकटमा परेको छ ।
उहाँका १५ वर्षे छोरा, डेढ वर्षे छोरी, श्रीमती, बाबु र आमा हुनुहुन्छ ।