संघीयता स्वीकार एमालेको वाध्यता, संविधान संशोधन कुनै हालतमा मान्य हुँदैन : गौतम

 

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले बाध्य भएर एमालेले संघीयता स्वीकार गरेको बताउनुभएको छ । राजधानीमाआयोजित एक अन्तरक्रियामा उहाँले युद्धलाई शान्तिमा रुपान्तरण गर्न पनि संघीयता स्वीकार गर्न आफूहरु बाध्य भएको स्पष्ट गर्नुभयो ।

माओवादी युद्ध शान्तिमा रुपान्तरण भएपछि दिनहुँ हुने व्यक्ति हत्या रोकिएकोलाई आफूले उपलब्धीको रुपमा लिएको गौतमले बताउँदै ‘शान्ति प्रक्रियामा लैजान सकिन्छ भन्ने नाममा गर्न नहुने अनेक काम गरियो भन्नुभयो ।
अहिले सरकारले ल्याएको संविधान संशोधन राष्ट्रिय हित र संवैधानिक व्यवस्था विपरित रहेको दाबी गर्दै यो कसैलाई पनि मान्य नहुने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनमा लैजान सबै दलहरु एक हुनुको विकल्प नरहेको बताउनुभयो ।

कार्यक्रममा सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संविधान संशोधन प्रस्ताव जनताको भावनालाई समेट्न ल्याइएको दावी गर्नुभयो ।