उपत्यका बन्दको आंशिक प्रभाव, बन्द गराउने १२ जना पक्राउ

maitrinews

 

काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आयोजना गरेको उपत्यका बन्दको आंशिक प्रभाव परेको छ ।
राजधानीमा बन्दका कारण आगजनी, तोडफोड वा कुनै घटना नभए पनि निजी तथा सार्वजनिक विद्यालय र क्याम्पस बन्द छन् । बिहानैदेखि निजी सवारीसाधन चले पनि भाडाका सवारी भने अत्यन्त कम मात्रामा चलेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका निमित्त प्रमुख तथा प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीका अनुसार रत्नपार्क, सोह्रखुट्टे, बबरमहललगायत विभिन्न स्थानबाट बन्द गराउँदै हिँडेका नेकपा माओवादीका १२ कार्यकर्तालाई पक्राउ गरिएको छ ।