स्वस्थ्यकर्मीलाई नम्र बन्न कडा निर्देशन

maitrinews

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले विरामी तथा कुरुवाहरुलाई शिष्ट, नम्र तथा उत्तरदायी व्यवहार गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएको छ ।
मन्त्रालयले सवै स्वास्थ्य संस्थाहरुलाई परिपत्र गर्दै स्वास्थ्य सेवा ऐन, २०५३ को परिच्छेद ८ ९दफा ५२९६७० मा उल्लेख भएअनुसारको आचरण सम्बन्धी व्यवस्थाको पूर्ण कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीहरुबाट अशिष्ट, अभद्र र अफ्ट्यारो व्यवहार भइरहेको गुनासो आएपछि स्वास्थ्य मन्त्री गगनकुमार थापाको निर्देशनमा निर्देशन जारी गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको चिकित्सा महाशाखाले निर्देशनात्मक परिपत्र पठाउदै सबै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कार्यस्थलमा रहँदा अनिवार्य रुपमा पोशाक, एप्रोन तथा परिचय पत्र लगाएर कार्य गर्न पनि निर्देशन दिएको छ ।
साथै संपूर्ण सरकारी अस्पतालहरुले टिकट काउन्टर अगाडी सबैले देख्ने गरी हरेक चिकित्सकहरुको सेवा दिने दिन र समय स्पष्ट रुपमा देखिने गरी राख्न पनि भनिएको छ ।
निर्देशन पालना नभएमा उनीहरुलाई कानुन बमोजिम कारबाही गरिने निर्देशनमा उल्लेख छ ।