जापानका प्रधानमन्त्री सिन्जो आबे पहिलो पटक पर्ल हार्बरमा

maitrinews

पर्ल हार्वर । जापानका प्रधानमन्त्री सिन्जो आबेले अमेरिकाको हवाइमा रहेका थुप्रै स्मारकहरुको भ्रमण गर्नुभएको छ।
७५ वर्षअघि अमेरिकालाई दोस्रो विश्वयुद्धमा निम्त्याउने गरि जापानले पर्ल हार्बरमा गरेको हमलामा परि ज्यान गुमाउनेहरुलाई उहाँले श्रद्धाञ्जली व्यक्त गर्नुभयो।
सन् १९४१ मा जापानले अमेरिकाको नौसेनाको अड्डामा हमला गरेपछि जापानका पूर्व प्रधानमन्त्री शिगेरु योसिदाले सन् १९५१ मा पर्ल हार्बरको संक्षिप्त भ्रमण गरेका थिए।
अमेरिकी नौसेनाको अड्डामा हमला भएपछि दुबै देशका राष्ट्रप्रमुखले एकैपटक भ्रमण गरेको यो पहिलोपटक हो।
राजधानी टोकियोबाट अमेरिकाका लागि प्रस्थान गर्नुअघि आबेले विगतका युद्धहरुको अत्याचार जापानले कहिल्यै नदोहोर्याउने सन्देश आफूले दिन चाहेको बताउनुभयो।
उक्त हमलामा २३ सय अमेरिकी सैनिकको ज्यान गएपछि त्यसले दोस्रो विश्वयुद्ध जन्माएको थियो।