कार्ल माक्र्स द्विशतवार्षिकी समारोह राष्ट्रिय भेला सम्पन्न, सबै कम्युनिष्टलाई एक बनाउने प्रस्ताव पारित

काठमाडौँ । कार्ल माक्र्स द्विशतवार्षिकी समारोह राष्ट्रिय भेला सम्पन्न भएको छ । आगामी दिनमा सबै कम्युनिष्टहरुलाई एक ठाउँमा भेला गर्ने र बलियो कम्युनिष्ट बनाउँने उदेश्यले सो भेला आयोजना भएको बुझिएको छ । भेलाले पारित गरेको छ बुँदै प्रस्तावमा पनि त्यही कुरालाई उल्लेख गर्न खोजिएको छ । मुख्य गरेर नेकपा एमाले माओवादी, संयुक्त माक्र्सवादी र राष्ट्रिय जनमोर्चाका नेताहरु सहगाभी त्यो भेलामा पनि यही कुरालाई बढि प्राथमिकता दिइएको थियो । राजधानीमा पुस ११ देखि १२ सम्म चलेको सो भेलाले ६ सय ७३ सदस्यीय कार्ल माक्र्स द्वीशतवार्षिकी समारोह राष्ट्रिय समिति गठन गरेको छ । त्यसैगरी भेलाले कम्युनिष्ट पार्टीका पक्षमा व्यापक जनसर्मथन हँुदाहुँदै माक्र्सवादी सिद्धान्त र व्यवहारले युक्त कम्युनिष्ट आन्दोलन निर्माण गर्न कम्युनिष्ट पार्टीहरु एकगठ नहुने प्रवृत्ति हामी सबैको चिन्ताको विषय भएको भन्दै भेलाले कम्युनिष्ट पार्टीहरु, खासगरी तिनका नेतृत्वलाई सहकार्य र एकतातर्फ जोड दिन आह्वान गरेको छ ।
त्यसैगरी भेलाले कार्ल माक्र्स द्वीशतवार्षिकी समारोह राष्ट्रिय समितिको तर्फबाट त्यसका उद्देश्य अनुरुप विभिन्न कार्यक्रमहरु आयोजना गर्न ६१ जनाको राष्ट्रिय संयोजन समिति गठन गरेको छ । सो समितिमा एमाले र माओवादीको पदाधिकारीहरु समेत रहेका छन् । भेलाले पारित गरेको छ बुँदे प्रस्तावः
१. बेग्ला बेग्लै कम्युनिष्ट पार्टी, संस्था र पार्टी बाहिर रहेका हामी ६७३ जना माक्र्सवादीहरुले एउटा साझा र बृहद मञ्चको रुपमा कार्ल माक्र्स द्वीशतवार्षिकी समारोह राष्ट्रिय समिति गठन गरेका छौं । हामी माक्र्सवादको अध्ययन र प्रचारप्रसारमा आफुसक्दो योगदान गर्न प्रतिबद्ध छौं र सक्रिय रहने छौं । साथै, यसमा अभिरुचि हुने सबैसँग मिलेर काम गर्ने अठोट गर्दछौं । सबै सहभागीहरुको नामावली यस समितिले प्रकाशन गर्ने पुस्तकमा प्रकाशन गरिने छ ।
२. कम्युनिष्ट पार्टीका पक्षमा व्यापक जनसर्मथन हँुदाहुँदै माक्र्सवादी सिद्धान्त र व्यवहारले युक्त कम्युनिष्ट आन्दोलन निर्माण गर्न कम्युनिष्ट पार्टीहरु एकगठ नहुने प्रवृत्ति हामी सबैको चिन्ताको विषय हो । त्यसैले, कम्युनिष्ट पार्टीहरु, खासगरी तिनका नेतृत्वलाई सहकार्य र एकतातर्फ जोड दिन आह्वान गर्दछौं । यससँगै स्थानीय तहमा सिद्धान्तनिष्ठ छलफल, विमर्श र सहकार्यको सँस्कृतिलाई बढावा दिन आम कम्युनिष्ट कार्यकर्ताहरुलाई आह्वान गर्दछौं ।
३. कार्ल माक्र्स द्वीशतवार्षिकीका अवसरमा आयोजना गरिने सबै कार्यक्रमहरुमा सहयोग÷सर्मथन गर्न सबै कम्युनिष्ट पार्टीहरु, प्रगतिशील संगठन र व्यक्तिहरुलाई आह्वान गर्दछौं ।
४. मुख्यतः नेपाल कम्युनिष्ट पार्टीका विगत करिब साढे ६ दशक लामो संघर्षको ऐतिहासिक उपलब्धिका रुपमा नेपालको संविधानको दिशा समाजवाद हो भन्ने उल्लेख भएको छ । तर नेपालमा समाजवादको अर्थतन्त्र कस्तो हुन्छ, राजनीति कस्तो हुन्छ, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा कस्तो व्यवस्था हुन्छ भन्ने प्रश्न हाम्रो लागि चुनौति हो । त्यसैले, ती प्रश्नमा ध्यान दिनु यो राष्ट्रिय समितिको एउटा मुख्य काम हो । सबै कम्युनिष्ट पार्टीहरु तथा बौद्धिक समुदायको ध्यान त्यसतर्फ आकर्षित गर्न चाहान्छौं।
५. माक्र्सको जन्म द्वीशतवार्षिकीका अवसरमा कार्ल माक्र्स द्वीशतवार्षिकी समारोह राष्ट्रिय समितिले यसका भावी कार्यक्रमहरुमा अन्य मुलुकका कम्युनिष्ट पार्टीहरु, प्रगतिशील संगठनहरु र व्यक्तिहरुसँग सहकार्यको अपेक्षा गर्दछ र त्यस्तो सहकार्यका लागि ती सबैलाई आह्वान गर्दछौं ।
६. कार्ल माक्र्स द्वीशतवार्षिकी समारोह राष्ट्रिय समितिको तर्फबाट यसका उद्देश्यहरु अनुरुप विभिन्न कार्यक्रमहरु आयोजना गर्न निम्नानुसारको ६१ जनाको राष्ट्रिय संयोजन समिति गठन गरेका छौं :
घनश्याम भूसाल – संयोजक
राम कार्की – सह–संयोजक
सदस्यहरु :
अरुण नेपाल
कल्याणी शाह
कोमल भट्टराई
गणेश वि.क.
गणेश काङवाङ
गोपाल ठाकुर
गोपीरमण उपाध्याय
गरिमा शाह
जयन्ती राई
जीवनराम श्रेष्ठ
झलकपाणी तिवारी
ठाकुर गैरे
डिपी ढकाल
डोरप्रसाद उपाध्याय
तुल्सी धामी
नारायण सापकोटा
नरेन्द्र न्यौपाने
नरेश भण्डारी
नरेन्द्रजंग पिटर
निमबहादुर बुढा
नागेन्द्र चौधरी
पद्मा अर्याल
परशुरराम मेघी गरुङ
प्रदीप ज्ञवाली
प्रकाश ज्वाला
प्रल्हाद बुढाथोकी
प्रेमल खनाल
बेदुराम भुसाल
बैजनाथ चौधरी
मदनमोहन चौधरी
योगेश भट्टराई
युवराज दुलाल
राजेन्द्र राई
रमेश पौडेल
रञ्जित तामाङ
रामकुमारी झाँक्री
रचना खड्का
रुपा महर्जन
राजेन्द्र प्रधान
रामप्रकाश पुरी
लालबहादुर थापा
वर्षमान पुन अनन्त
विजय पौडेल
विश्वनाथ प्याकुरेल
विश्वभक्त दुलाल आहुति
सत्रुहन महतो
सावित्रा भूसाल
सुरेन्द्र मानन्धर
सुनिल मानन्धर
समिर सिंह
सुदर्शन बराल
सरल सहयात्री पौडेल
सत्या पहाडी
सुर्य सुवेदी
शक्तिबहादुर बस्नेत
शेरबहादुर तामाङ
हरिबोल गजुरेल
हिक्मत कार्की
हेमराज भण्डारी