२२ गते दुई लाख बढी मान्छे सडकमा उतार्छौः भट्टराई

maitrinews

काठमाडौँ । नेकपा (एमाले) सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले सरकारले असंवैधानिक कदमलाई जवरजस्ती टेबुल गर्न खोज्यो हातमा दही जमाएर नबस्ने चेतावनी दिनुभएको छ । प्रेस चौतारी नेपाल अनलाइन प्रतिष्ठानले नयाँबानेश्वरमा आयोजना गरेको ‘सडकबाटै समाचार सम्प्रेषण कार्यक्रममा बोल्दै यस्तो चेतावनी दिनुभएको हो । उहाँले ‘प्रचण्ड नेतृत्वको सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव संविधान र न्यायपालिकाको क्षेत्राधिकारमाथिको हस्तक्षेप भएको पनि आरोप लगाउनुभयो । उहँले संविधान र न्यायलयलाई समेत हस्तक्षेप गरेर ल्याएको प्रस्ताव सरकारले जवरजस्ती टेबुल गर्न खोजे व्यवस्थापिका संसद्मा रहेका २ सय बढी सांसद् हातमा दही जमाएर नबस्ने चेतावनी दिनुभयो ।
उहाँले पुस २२ गते नेकपा (एमाले) सहितका नौ दलले राजधानीमा गर्न लागेको बृहद् प्रदर्शनको यो सांकेतिक रुप भएको भन्दै सरकारलाई संशोधन प्रस्ताव फिर्ता लिन बाध्य बनाउँने गरी नौ दलले २२ गतेको तयारी गरेको जानकारी दिनुभयो । ‘आज हामीले पहिलो पटक सडकबाटै समाचार संम्प्रेषण गरेर सांकेतिक प्रदर्शन गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘यस्ता प्रदर्शनहरु २२ गते अघि हजारौँ गर्ने छौँ ।’ उहाँले २२ गते दुई लाख बढी मान्छे सडकमा उतार्ने पनि चेतावनी दिनुभयो । गर्दा पनि सरकारले असंवैधानिक प्रस्ताव फिर्ता लिएन भने त्यो भन्दा डरलाग्दा कार्यक्रम गर्न बाध्य हुने उहाँको भनाइ थियो ।