मेलम्चीको बजेट रु अठार करोडभन्दा बढी

maitrinews

 

मेलम्ची, २९ पुस । मेलम्ची नगरपालिकाको तेस्रो नगरपरिषद्ले आगामी आव २०७४÷७५ का लागि रु १८ करोड ३१ लाख २३ हजारको बजेट प्रस्तुत गरेको छ ।

बजेट प्रस्तुत गर्दै कार्यकारी अधिकृत पूर्णप्रसाद दुलालले बजेटले पूर्वाधार विकास र पर्यटन विकासमा जोड दिएको जानकारी दिनुभयो ।

परिषद्को उद्घाटन गर्दै स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगुले अबको केही दिनमै दलबीच सहमति भई स्थानीय निकायको निर्वाचन घोषणा हुने बताउनुभयो । राज्यमन्त्री जबेगुले स्थानीय निकायको अधिकार क्षेत्र तथा स्थानीय निकायमार्फत सञ्चालन हुने विकासको नीतिगत व्यवस्थामा सुधार गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

सांसद शेरबहादुर तामाङले स्थानीय निकायको तत्काल निर्वाचन गरी जनप्रतिनिधिमार्फत नगर र गाउँको विकासमा तीव्रता दिन आवश्यक रहेको बताउनुभयो ।