मोर्चासँग सहमति गरी स्थानीय निर्वाचनको घोषणा हुने निधिको दावी

maitrinews

वीरगन्ज । उपप्रधानमन्त्री विमलेन्द्र निधिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमति गरी स्थानीय निर्वाचनको घोषणा हुने बताउनुभएको छ । 

नेपाल प्रेस युनियन पर्सा शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले मधेसी मोर्चाले संविधान संशोधनको पक्षमा मत दिने भएकाले संविधान संशोधनलाई कसैले रोक्न सक्दैन भन्नुभयो ।एक प्रश्नको उत्तरमा उहाँले सङ्गठित अपराधलाई समाप्त पारी दोषीलाई कारबाही गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो ।प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्वसभासद् रामेश्वर रौनियारले पोखरियामा सेवा केन्द्र हुनुपर्ने माग गर्दै मन्त्री निधिलाई ज्ञापनपत्र बुझाउनुभएको थियो ।