बस र ट्र्याक्टर ठोकिँदा ३३ घाइते

 

तनहुँ, ५ माघ । व्यास–३ मुसेखोलामा आज यात्रु बस र ट्र्याक्टर ठोकिँदा ३३ जना घाइते भएका छन् ।

मुग्लिनबाट पोखरातर्फ जाँदै गरेको ना ५ ख ४७० नं को बस र विपरीत दिशामा गुडिरहेको लु ३ त २८४१ नं को ट्रयाक्टर ठोकिँदा घाइते भएकामध्ये १० जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पोखरा पठाइएको र अन्य दमौली अस्पताल र चिकित्सालयबाट उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।