नेपाली सेना आफ्नै झण्डा लिएर शान्ति सेनामा खटिन्छ : खाँण

 

चितवन । रक्षामन्त्री बालकृष्ण खाँणले नेपाली सेना आफ्नै कमान्डमा शान्ति सेनामा जाने बताउनुभएको छ ।नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेपाली सेनाले राष्ट्रियता, अखण्डता र एकताका लागि गरेको बलिदान महत्वपूर्ण भएको बताउँदै सेना आफ्नै झन्डामा शान्ति स्थापनाका लागि खटिने स्पष्ट गर्नुभयो ।
भारतले नेपाली शान्तिसेनालाई आफ्नो मातहतमा खटाउन प्रचण्ड सरकारलाई दबाब दिदै आएको छ । नेपाली सेनाले सो प्रस्ताव ठाडै अस्वीकार गरेको छ ।

अर्को प्रसङ्गमा उहाँले भन्नुभयो–“पाँच नं प्रदेशका जनताले पहाड, मधेस र तराई अलग गर्न नहुने माग राख्नु जायज हो, यसलाई पनि सम्बोधन हुने गरी संविधान संशोधन प्रस्ताव पारित हुने छ।”