हराएका महिला–बालबालिका काठमाडाँको इँटाभट्टामा

 

लिबाङ (रोल्पा),११ माघ । घरबाट विद्यालय जान भनेर हिँडेकी गैरीगाउँ – ५ रोल्पाकी १३ वर्षीया मीना बुढाथोकी गत पुस ५ गतेदेखि हराइरहेकी छिन् ।
हराएपछि उनी कहाँ, किन र कोसँग गइन्, भन्नेबारे परिवारलाई कुनै किसिमको जानकारी भएन । चारैतिर उनको खोजी भयो, कहीँ कतै फेला नपरेपछि पुस १२ गते उनका अभिभावकमार्फत जिल्ला प्रहरी कार्यालय रोल्पामा खोजतलासका लागि उनको हुलियासहित निवेदन प¥यो । निवेदन परिसकेपछि प्रहरीमार्फत उनको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका सेवा केन्द्र रोल्पाले जनाएको छ ।

यस्तै मिझिङ– ८ रोल्पाका ११ वर्षीय सेरे महरा गत मङ्सिर ९ गतेदेखि घरबाट हराइरहेका छन् । बिहानसम्म घरमा रहेको छोरो साँझसम्म पनि घर नफर्किएपछि गाउँघर, टोलछिमेक चारैतिर उनको खोजी भयो तर कहीँ कतै फेला पर्न सकेनन् । उनका अभिभावकमार्फत खोजतलासका लागि मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय रोल्पामा निवेदन प¥यो । यसरी निवेदन परेपछि प्रहरी कार्यालय मार्फत हालसम्म पनि उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

यस्तै बडाचौर– ४ रोल्पाकी २१ वर्षीया पार्वती थापा पुस २८ गतेदेखि घरबाट निस्किएर हराइरहेकी छन् । उनलाई घरपरिवारमार्फत गाउँ, घर, इष्टमित्र तथा माइती मावलीसम्म पनि खोजी गरियो तर कहीँ कतै फेला पर्न नसकेपछि उनको खोजीका लागि प्रहरीमा निवेदन प¥यो । उनको पनि प्रहरीले हालसम्म खोजी जारी राखेको छ ।(कविता उपाध्याय)