पार्टी संगठन ध्वस्त भएको भन्दै माओवादी केन्द्रका ७० जना केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

 

सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका ७० जना केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन् ।
ठूलो संख्यामा रहेको पार्टी केन्द्रले तलको संगठन ध्वस्त भएको निक्र्योल निकाल्दै पार्टी सुदृढीकरणमा सहयोग पुर्‍याउने भन्दै एकैसाथ राजीनामा दिएका हुन् । चार हजार केन्द्रीय सदस्य रहेको पार्टी केन्द्रका कारण कार्यकर्तामा निराशा आएको र यसले नजिकिँदो चुनावलाई गम्भीर असर पुर्‍याउन सक्ने भन्दै पार्टी हेडक्वार्टरलाई दबाब दिन यस्तो निर्णय गरेको राजीनामा पत्रमा उल्लेख छ ।

राजीनामा दिनेहरूमा पार्टी केन्द्रीय कार्यालय सदस्य अग्निप्रसाद सापकोटाबाहेक अरु रहेका छन् ।
पार्टी केन्द्रबाट राजीनामा दिएर जिल्लालाई मजबुत सामूहिक राजीनामा दिएको जिल्ला सम्मेलन आयोजक समितिका इन्चार्ज कृष्णप्रसाद सापकोटाले बताउनुभयो ।
सदरमुकाम चौतारास्थित सहिद प्रतिष्ठान हलमा सहभागी पाँचसय अगुवा कार्यकर्तामाझ नेताहरूले सामूहिक राजीनामा दिएका थिए । दुई पृष्ठ लामो राजीनामा पत्रमा पार्टी शुद्धीकरणको अभियान सिन्धुपाल्चोकबाटै सुरु भएको घोषणा गरियो । ७० जनाले राजीनामापत्रमा हस्ताक्षर गरेका छन् ।